प्रभु इन्स्योरेन्सको निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न :
April 4, 2021
प्रभु इन्स्योरेन्स लिमिटेड निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न भएको छ । चैत्र २० गते देखि २२ गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय तीनकुने काठमाण्डौमा सञ्चालित बीमा क्षेत्रका बिशिष्ठ व्यक्तिहरुद्वारा प्रदान गरिएको तालिममा ४० भन्दा बढी व्यक्तिगत तथा संस्थागत अभिकर्ताहरुको सहभागिता रहेको थियो ।