हाम्रो बारे
प्रभु इन्स्योरेन्स लिमिटेड नेपालमा स्थापित निर्जीवन बीमा कम्पनीहरुमध्ये अग्रणी बीमा कम्पनी हो । २०५३ सालमा नेपालका प्रतिष्ठित औद्योगिक र व्यापारिक समुहद्वारा संस्थापित यस कम्पनीमा प्रभु समुह तथा कर्मचारी संचय कोषको प्रमुख शेयर हिस्सा रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्व ४४ करोड भन्दा अधिक रहेको छ भने ६० भन्दा अधिक शाखा तथा उप–शाखा मार्फत बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीको अध्यक्षमा श्री राजेन्द्र मल्ल तथा प्रमुख कार्यकारी अधिकृतमा श्री सन्चित बज्राचार्य रहनु भएको छ ।
यस कम्पनीले स्थापना भएदेखि हाल सम्म नेपालको निर्जीवन बिमाको क्षेत्रमा एक प्रतिष्ठित र भरपर्दो बीमकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । कम्पनीले समयानुकुल आफ्ना ग्राहकहरुको लागि आवश्यकता अनुसारका बीमालेखहरु प्रयोगमा ल्याई ग्राहकहरुलाई उच्च स्तरिय बीमा सेवा प्रदान गर्दै आईरहेको ।
विचार र लक्ष्य
बीमितको भविष्यको रक्षा गर्दै अगाडि बढ्ने मूल नाराका साथ बीमा सम्वन्धी नयाँ नयाँ क्षेत्रहरुको पहिचान गरि नयाँ बीमा योजनाका साथ ग्राहक मुखी सेवालाई प्रभावकारी बनाउँदै प्रतिस्पर्धी बीमा कम्पनीको रुपमा स्थापित हुने ।